घट्यो पिसिआर परीक्षण शुल्क, सरकारीमा र निजीमा कति ?

सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । यसअघि सरकारी अस्पतालमा एक हजार रुपैयाँ शुल्क लिने गरिएको थियो । 

अबदेखि ८ सय मात्र शुल्क लिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै निजी प्रयोगशालाहरूले दुई हजार लिँदै आएकोमा अबदेखि एक हजार ५०० तोकिएको हो ।

सरकारले कन्ट्याक्ट ट्रेसिङमा परेका र कोभिडको लक्षण देखिएकाहरूको भने निःशुल्क परीक्षण गर्दै आएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले यसअघि लिइने शुल्क घटाएको बताए । 

विश्वबजारमा पिसिआर परीक्षण गराउने किटको लागत कम भएसँगै परीक्षण शुल्क घटाइएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १६:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया