सुदूरपश्चिम : एकैदिन ५३४ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा एकैदिन ५ सय ३४ जनामा कोरोना संक्रमण   भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार २ हजार २८६ जनाको परीक्षण गर्दा ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

२ सय ९५ जना एन्टिजेन र २ सय ३९ जनाको पीसीआरमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । बिहीबार थपिएकामध्ये १ सय ५५ जना संक्रमित भारतबाट आएका नागरिक हुन् ।

त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ७४, गड्डाचौकी नाकाबाट आएका ७६, झुलाघाटबाट आएका ४ र पुलघाटबाट फर्केका एक जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार सुदूरपश्चिमका नाका भएर १ हजार ४६७ जना स्वदेश फर्केका छन् । 

योसँगै प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार नाघेको छ । निर्देशनालयले तीन हजार २१ जना सक्रिय संक्रमित रहेको जनाएको छ । सबैभन्दा बढी कैलालीमा १ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १९:२३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया