देशमा पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव पर्ने सम्भावना रहेकाे जल तथा माैसम विभागले जनाएकाे छ । यसकाे प्रभाव देशैभर क्रमश साेमबारसम्म पर्ने देखिएकाे छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ ।
आज (शनिबार)दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
राति देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।