टी-२० विश्वकप ग्लोबल छनोटअघि नेपालले सिरिज खेल्ने

आइसिसी पुरुष टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपालले त्यसअघि ओमानमा चारदेशीय टी-२० सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपालले चारदेशीय टी-२० सिरिज खेल्ने पक्का भएको जनाएको हो । सिरिजमा नेपालसहित आयरल्याण्ड, युएई र ओमान रहने छन् ।

सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध ११ फेब्रुअरीमा खेल्नेछ । दोस्रो खेल युएईसँग १२ फेब्रुअरीमा खेल्दा नेपालले १४ फेब्रुअरीमा आयरल्याण्डसँग तेस्रो  तथा अन्तिम खेल खेल्नेछ ।

यो सिरिजलाई विश्वकप छनोटको अभ्यास खेलको रूपमा लिइएको छ । 





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार ११:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया