logo-img

अफगानिस्तानको हेरातमा बम विस्फोट, सात जनाको मृत्यु

अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । विस्फोटमा परेर मृत्यु हुनेमा चारजना महिला रहेका छन् ।  

शनिबार भएको उक्त विस्फोटमा नाै जना घाइते भएका हेरातका तालिवान कमान्डर मोलवी अन्सारीले रोयटर्सलाई बताएका छन् । हेरात प्रशासनका अनुसार यात्रुवाहक बसमा राखिएको बम बिस्फोट भएको हो ।

बम कसले र किन विस्फोट गरायो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । 







  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार ८:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया