सिके राउतका कार्यकर्ताले गरे हरिओन नगरपालिकाको गाडीमा तोडफोड

सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले तोडफोड गरेका छन् ।

नगर प्रमुख गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल सवार सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड भएको हो । 

उनीहरू मतदान गर्न आइरहेको समयमा जनकपुरधामस्थित रामचोकमा प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा तोडफोड गरिएको थियो । सोही क्रममा प्रमुख प्रसाईलाई चोटसमेत लागेको छ । 

जनमतका कार्यकर्ताले आज बिहानैदेखि किसान आन्दोलनको नाममा जनकपुरधाममा तोडफोड तथा प्रदर्शन गरिरहेका छन् । 






  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार ११:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया