परेराले लिए अन्तर्राष्ट्रिय किक्रेटबाट संन्यास

श्रीलंकाका अलराउण्डर दिलरुवान परेराले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् ।

परेराले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।

३९ वर्षीय परेराले घरेलु क्रिकेट भने खेल्ने छन् ।

श्रीलंकाका लागि परेराले ४३ टेस्ट, १३ एकदिवसीय र ५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । जसमा १४ सय ५६ रन र १ सय ७७ विकेट लिएका छन् ।

परेराले २००७ मा इंग्ल्यान्डविरुद्ध खेल्दै एकदिवसीयमा डेब्यु गरेका थिए । त्यसको ७ वर्षपछि पाकिस्तानविरुद्ध उनले टेस्टमा डेब्यु गरेका थिए ।

परेराले  टी-ट्वान्टीमा भने २०११ मा  अष्ट्रेलियासँगको खेलमा डेब्यु गर्ने मौका पाएका हुन् ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १५:४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया