गुगलले एयरटेलमा १ अर्ब डलर लगानी गर्ने

गुगलले भारती एयरटेलमा एक अर्ब डलर लगानी गर्ने भएको छ । गुगलको यो निर्णयसँगै एयरटेललाई डिजिटल कभरेज बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ । यसबारेमा एयरटेलले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

सम्झौताअनुसार गुगलले ७० करोड डलर लगानी गरेर भारती एयरटेलको १.२८ प्रतिशत सेयर लिनेछ । यसबाहेक गुगलले आगामी दिनमा वाणिज्य सम्झौतामा ३० करोड डलर लगानी गर्नेछ ।

बिबिसी हिन्दीका अनुसार गुगलले भारती एयरटेलको १.२८ प्रतिशत सेयर ७३४ रुपैयाँ प्रतिसेयरको मूल्यमा खरिद गर्नेछ । एयरटेलद्वारा जारी विज्ञप्तिअनुसार गुगलले सस्तो फोन विकास गर्न र ५जि प्रविधिको अनुसन्धान गर्न भारती एयरटेलसँग मिलेर काम गर्नेछ ।

यसमा हाल मित्तल परिवार र एयरटेलको प्रवर्तक समूह सिंगटेलको ५५.९३ प्रतिशत शेयर छ । मित्तल परिवारको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब २४.१३ प्रतिशत र सिंगटेलको ३१.७२ प्रतिशत शेयर छ ।





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १४:७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया