कारास्काेलाई तीन खेलकाे प्रतिबन्ध

युराेपियन फुटबलकाे सर्वोच्च निकाय युइएफएले स्पेनिस क्लब एट्लेटिको मड्रिडका बेल्जियन विंगर यान्निक कारास्कोलाई तीन खेलको प्रतिबन्ध लगाएको छ । 

यान्निकले च्याम्पियन्स लिग अन्तर्गत पाेर्चुगिज क्लब पोर्टाेविरुद्ध समूह चरणको अन्तिम खेलमा रातो कार्ड पाएका थिए । 

युइएफएको अनुशासन कमिटीले शुक्रबार उनलाई तीन खेलको प्रतिबन्ध सुनाएकाे हो । युइएफए आचारसंहिताको धारा १५ ले कुनै खेलाडी वा खेलमा उपस्थित अन्य व्यक्तिलाई केही गरेको अवस्थामा तीन खेलसम्मको प्रतिबन्ध हुने उल्लेख छ ।

कारास्कोले पोर्टाेका ओटाभियोलाई मुक्का हानेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए ।

याे प्रतिबन्धसँगै कारास्कोले च्याम्पियन्स लिग अन्तरगत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध प्रि-क्वाटरफाइनलको दुवै लेगसँगै एट्लेटिकाे क्वाटरफाइनल पुगेमा पहिलो लेगको खेल गुमाउनेछन् ।





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार १०:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया