यात्रु नपाएपछि बैतडी–धनगढी उडान रोकियो

बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द भएको छ । यात्रु नपाएपछि गएको एक महिनायता बैतडी–धनगढी उडान भएको छैन ।
 
साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो । तर, पछिल्लो एक महिनायता यात्रुको अभावले हवाई सेवा बन्द भएको नागरिक उड्डयन कार्यालय, पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताए । उनले भने ‘ यात्रु भएमा उडान गर्ने भन्ने तयारी गरिरहेका छौं । तर यात्रु नहुँदा समस्या भएको छ ।’

१८ यात्रु क्षमताको समिट एयरको जहाजका लागि समेत यात्रु नहुँदा समस्या भएको  छ । पछिल्लो समय मौसमको कारणले गर्दा ढिलो हुने र उडान नहुने चिन्ताले यात्रु नआउने गरेका हुन सक्ने भट्टले बताए । दैनिक ५–७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेको उनले बताए । १४–१५ जनासम्म पुगेपछि उडान सुचारु गर्न सकिने उनले बताए ।

बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ छ । १७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीयले गुनासो गर्दै आएका छन् । 

यता समिट एयरका बैतडी पाटन विमानस्थल हेर्ने कृष्ण भट्टले भने यात्रु अभाव नभई मौसम खराबीले उडान हुन नसकेको दाबी गरे । मौसम खराबी कारणले उडान भर्न नसकेको उनले बताए । 

सुरुमा ३ हजार ८ सय ५० रुपैयाँ भाडा भए पनि इन्धनको मूल्य बढेपछि भाडा बढेको उनले बताए ।





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार २१:०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया