logo-img

ऋषि कट्टेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निष्कासित !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सो पार्टीका अध्यक्ष ऋषि कट्टेललाई पार्टीबाट निष्कासन गरेको छ। कट्टेलले दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३, नेपालको संविधानविपरीत दलको अहितमा काम गरेकाले उनलाई कारबाही गरिएको जनाइएको छ । 

उनको पार्टी नेपाल कम्युनिस्ट पार्टीले माघ १३ गते उनलाई निष्काशन गरेको हो। कावा अध्यक्ष लोकनारायण सुवेदीले पत्र लेखेर कट्टललाई कारबाही गरेको जानकारी गराएका छन् ।  

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर गठन भएको नेकपालाई सर्वोच्चले २०७७ फागुन २३ मा मान्यता दिएन । नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष ऋषि कट्टेलले सो नाम आफ्नो पार्टीको भएको भन्दै दायर गरेको रिटमा भएको सुनुवाइसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर एमले र माअ‍ोवादीमै फर्कन बाध्य भएका थिए । 







  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १७:६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया