स्थानीय तहको निर्वाचनबारेमा के भन्छन् सत्ता र प्रतिपक्षी दलका नेताहरू ?

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता दिपक खड्काले सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले नेपाली कांग्रेसले गठबन्धनमा रहेका दलहरूलाई निर्वाचनमा सँगै लिएर जाने सोच बनाएको बताएका हुन् ।

उनले संविधान र ऐनका बिचमा धेरै कुराहरु मिलाउनुपर्ने भए पनि निर्वाचनको मुखमा धेरै चलाउने नहुने धारणा व्यक्त गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदलाई सुचारु गरेर मुलुकलाई निकास दिनुपर्ने पनि बताए ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनको पक्षमा हुनु सकारात्मक भएको बताए । स्थानीय तहको निर्वाचन जेठ ५ गतेभन्दा पछाडि लानु नहुने उनले बताए ।

जेठ ५ गते पछाडि जनप्रतिनिधिको समयावधि सकिने र कर्मचारीले पनि स्थानीय तह चलाउन नमिल्ने भएकाले त्यस अगावै निर्वाचन हुनुपर्ने उनको भनाइ छ ।

नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले आगामी वैशाखभित्रै निर्वाचन गर्नुपर्ने बताए । वैशाखसम्ममा निर्वाचन गर्न सम्भव रहेको उनको तर्क छ ।



सरकारले छिटोभन्दा छिटो निर्वाचनको मिति तोक्नुपर्ने उनले बताए । संविधानसँग कानून बाझिएको बाहनाबाजीमा एकदिन पनि निर्वाचनको मिति सार्नु नहुने नेता तामाङले बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले स्थानीय तह निर्वाचनको सम्बन्धमा संविधान र ऐन बाझिएको भन्दै ऐनको संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए ।



उनले ऐन सच्याएर मात्रै निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय तहको मिति तय गर्ने बताए ।

  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १९:१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया