जनरल म्यानेजरका लागि क्यानले माग्यो आवेदन

नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । क्यानले मंगलबार एक सूचना जारी गर्दै सो पदका लागि दरखास्त आह्वान गरेको हो ।

जनरल म्यानेजर रौनक मल्लको कार्यकाल सकिएपछि क्यानले नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको हो । एक वर्षका लागि नियुक्त भएका मल्लको कार्यकाल डिसेम्बरमा सकिएको थियो ।

व्यवस्थापन संकाय पढेका र कम्तिमा ३ वर्ष काम गरेको अनुभव भएको ५५ वर्षभन्दा कम उमेरको व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । १५ फेब्रुअरीसम्म आवेदन दिन सकिनेछ । 





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार १४:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया