logo-img

त्रिभुवन विमानस्थलमा क्रिस्टल र सिद्धिलाई कोरोना परीक्षण ल्याब सञ्‍चालन अनुमति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र युएई जाने यात्रुको कोरोना परीक्षणका लागि दुईवटा ल्याबलाई अनुमति दिएको छ ।

मन्त्रालयको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्रिस्टल डायग्नोस्टिक प्रालि र सिद्धि पोली प्याथ ल्याबलाई दुबई जाने यात्रुको कोरोना परीक्षणका लागि अनुमति दिएको हो । क्रिस्टल डायग्नोस्टिकले नेपालमा अत्याधुनिक ल्याब सञ्चालन गर्दै आएको छ ।

मन्त्रालयले १६ माघको अनुगमनपश्चात् दुवै ल्याबलाई २०७९ असार मसान्तसम्मका लागि विमानस्थल परिसरमा कोभिड-१९ मोलिक्युलर ल्याब सञ्चालन गर्न अनुमति दिएको जनाएको छ ।



दुवै ल्याबले युएई जाने यात्रुका लागि पिसीआर परीक्षण गर्नुपर्ने, नमुना लिँदा ४८ घण्टाभित्र पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएका व्यक्तिको मात्र नमुना लिने र सोको अभिलेख व्यवस्थित गरी राख्ने, प्रयोगशाला काउन्टरमा सबैले देख्ने स्थानमा युएई जाने यात्रुहरूका लागि मात्र परीक्षण सुविधा रहेको जानकारी टाँस्नु पर्नलगायतका सर्तसहित ल्याब सञ्चालनका लागि अनुमति दिएको प्रयोगशालाले जारी गरेको पत्रमा उल्लेख छ ।





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार १४:१५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया