बलिउड अभिनेता रमेश देवको निधन

भारतीय चलचित्रका चर्चित अभिनेता रमेश देवको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा हृदयघातबाट निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

४ दिनअघि ९३ औं जन्मदिन मनाएका उनको बुधबार मुम्बईस्थित अम्बानी अस्पतालमा निधन भएको हो । रमेशले २८५ भन्दा बढी हिन्दी र १९० वटा मराठी फिल्ममा अभिनय गरेका छन् । उनकी श्रीमती सीमा देव पनि कलाकार हुन् । 

सन् १९५१ मा चलचित्र उद्योगमा डेब्यु गरेका रमेशका दुई छोरा अजिंक्य र अभिनव देव पनि यही क्षेत्रमा छन् । उनले पहिलोपटक १९६२ मा हिन्दी चलचित्र ‘आरती’मा अभिनय गरेका थिए ।

रमेशले अमिताभ बच्चनसँग ‘आनन्द’ चलचित्रमा पनि सँगै काम गरेका थिए ।
 





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार ७:५५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया