logo-img

क्यामरुनलाई हराउँदै इजिप्ट अफ्रिका कप अफ नेसन्सकाे फाइनलमा

आयोजक क्यामरुनलाई ट्राइब्रेकरमा ३-१ पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सकाे फाइनल प्रवेश गरेकाे छ । पउल बिया स्टेडियममा गएराति भएकाे दोस्रो सेमिफाइनल निर्धारित ९० मिनेट र अतिरिक्त समय गाेलरहित बराबरीमा सकिएपछि खेलकाे निर्णय ट्राइब्रेकेरबाट लिइएको हाे ।

ट्राइब्रेकेरमा इजिप्टका माेहनाद लशिन,माेहम्मद अब्देल माेनिम, अहमद सायद (जिजाे) ले गाेल गरे । क्यामरुनका भिसेन्ट अबुबाकरले गाेल गर्दा क्लिन्टन नजी,जेम्स लि सिलिकी र ह्यराेल्ड माेकाैडी चुके । 

इजिप्टले अब उपाधिको लागि सेनेगलकाे सामना गर्नेछ । सेनेगल बुर्किना फासाेलाई ३-१ ले हराउँदै फाइनल पुगेकाे हाे ।





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार ७:७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया