रियल मड्रिडलाई हराउँदै एथलेटिकाे बिल्वाओ कोपा डेल रेको सेमिफाइनलमा

रियल मड्रिडमाथि १-० को कठिन जित हात पार्दै घरेलु टाेली एथलेटिकाे बिल्वाओ​ स्पेनिस काेपा डेल रेकाे सेमिफाइनल प्रवेश गरेकाे छ । सान मामेसमा आज बिहान भएकाे चाैथाे तथा अन्तिम क्वाटरफाइनलमा एलेक्स बेरेनगुएरले गरेकाे एक मात्र गाेल बिल्वाओलाई जित दिलाउन निर्णायक बन्यो ।

एलेक्सले ८९ औं मिनेटमा ​मिकेल भाेस्गाकाे पासलाई सदुपयाेग गरेका थिए । याेसँगै प्रतियाेगिताकाे सेमिफाइनल समीकरण पनि पूरा भएकाे छ । बिल्वाओसहित रायाे भेल्कानाे,भ्यालेन्सिया र रियल बेटिसले अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भए ।





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार ७:३६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया