दिल्लीमा साेमबारदेखि विद्यालय खुल्ने, रात्रिकालीन कर्फ्यु पनि खुकुलो गरिने

भारतकाे राजधानी दिल्लीमा आगामी सोमबारदेखि कक्षा ९ देखि १२ सम्मका बालबालिकाका लागि विद्यालय खोल्ने निर्णय गरिएको छ ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले पत्रकार सम्मेलनमा राजधानीमा घट्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै यस्ताे निर्णय गरिएकाे बताए ।

उनले भने, ‘सोमबार अर्थात् ७ फेब्रअरीदेखि कक्षा ९ देखि १२ सम्मका बालबालिकाका लागि विद्यालय खुल्नेछन् । नर्सरीदेखि कक्षा ८ सम्मका विद्यालय पनि १४ फेब्रुअरीबाट सञ्चालन हुनेछन्।’   

यसैगरी फेब्रुअरी ७ देखि दिल्लीका सबै कलेजहरू पनि भाैतिक रूपमा सञ्चालन हुनेछन् ।

कर्फ्युकाे सम्बन्धमा सिसाेदिया भन्छन्, ‘राति १० बजेको सट्टा ११ बजेदेखि बिहान ५ बजेसम्म रात्रि कर्फ्यू लागु गरिनेछ । अब रेस्टुरेन्टहरू राति ११ बजेसम्म खोल्न पाइनेछ।’ 

‘सबै सरकारी र निजी कार्यालयहरू पूर्ण क्षमताका साथ सञ्चालन गर्न सकिनेछ । सोमबारदेखि स्पा, जिम र स्विमिङ पुल पनि खुल्नेछन्’, उनले थपे । 



जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म भारतमा ४ कराेड १९ लाख ५२ हजार ७१२ जनामा काेराेना संक्रमण भइसकेकाे छ भने ५ लाख ५५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

भारतमा हालसम्म ५२.५४ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाइसकेका छन् ।



  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १४:१०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया