कतारमा नेपालीले मनाए ल्होछार पर्व

नेपाल प्रवासी तामाङ समाज कतारले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाएको छ । मञ्जुश्री सम्वत २८५८ औं ल्होछार ताक (च्यान) ल्हो बाघ वर्गको अवसरमा अलदोसरी पार्कमा विभिन्न कार्यक्रम गरी ल्होछार मनाइएको हो ।

शुक्रबार आयोजित कार्यक्रममा तामाङ कला संस्कृति झल्किने विभिन्न झाकी, आकर्षक शेलो नृत्य र मौलिक शेलो गीतहरू प्रस्तुत गरिएका थिए । साथै, विभिन्न परिकारको भोजनसँगै आगन्तुक अतिथिहरूलाई खादा र फेटा ओढाइ स्वागत र सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोतम सुनुवार, विशेष अतिथि एनआरएनए एनसिसि कतारका अध्यक्ष मुक्तात मुसलमानलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा मिडियाकर्मीहरू, संस्थापक तथा संरक्षक, प्रमुख सल्लाहकार कार्यसमितिका सम्पूर्ण सदस्यसँगै तामाङका साथै गैर-तामाङ समुदायको बाक्लो उपस्थिति रहेको थियो । 





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार ११:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया