त्रिविको उपप्राध्यापकको परीक्षा फागुन २२ गतेदेखि

त्रिभुवन विश्वविद्यालयले स्थगित उपप्राध्यापक पदको परीक्षा आगामी फागुन २२ गतेदेखि सञ्चालन गर्ने भएको छ । त्रिवि सेवा आयोगले फागुन २२ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

आयोगले २०७७ साल फागुन ९ गते र २०७८ साल असार १५ गते उपप्राध्यापक पदका लागि विज्ञापन खुला गरेको थियो । २०७८ साउन १८ गतेका लागि परीक्षाको मिति तय भएकोमा विशेष कारणवश स्थगित गरेको थियो । सो स्थगित लिखित परीक्षा आउँदो फागुन २२ गतेदेखि हुने त्रिवि सूचना जारी गरेर जनाएको छ । 

आयोगले विभिन्न विषयका ६७२ रिक्त उपप्राध्यापक पदका लागि खुला प्रतियोगितातर्फको परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । समयतालिका अनुसार परीक्षा फागुन २२ गतेदेखि चैत्र २३ गतेसम्म सञ्चालन हुनेछ । 





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार २०:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया