आज सामान्यतया देशभरको मौसम सफा रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव सामान्य हुँदै गएपछि मौसम पनि सफा हुन थालेको हो ।
यद्यपि, आज प्रदेश-१ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज राति प्रदेश-१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदली रहने मौसमविदले जानकारी दिएका छन् ।
आज राति प्रदेश-१ का पहाडी भू-भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ । तराईमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले अनुरोध गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।