राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णयको स्वागत गरेका छन् ।
सरकारले गरेको घोषणासँगै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय स्वागतयोग्य छ ।’
सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन देशैभरी एक चरणमा वैशाख ३० गते गर्ने निर्णय गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।