स्थानीय निर्वाचन मिति घोषणाः प्रदीप पौडेल भन्छन्– स्वागतयोग्य, सहयोग गरौँ

सरकारले आगामि वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि विभिन्न दल र नेताहरुले यसको स्वागत गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि यसको स्वागत गर्दै सामाजिक सन्जाल ट्विटरमा एक ट्विट गरेका छन् ।

पौडेले सरकारले ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचनको गर्ने सरकारको निर्णयलाई हार्दिक स्वागत भन्दै लेखेका छन्, ‘चुनाव समयमै सम्पन्न गर्न सरकारले लिएको अग्रसरता प्रशंसनीय छ ।’

उनले अब निर्वाचनलाई स्वास्थ, मर्यादिन र मित्रवत प्रतिस्पर्धामा सम्पन्न गर्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आह्वान गरेका छन् । 

सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकमा गरेको हो ।





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १८:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया