केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि शेखर समूहको छुट्टै छलफल
फाइल तस्वीर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि डा. शेखर कोइराला समूहले छुट्टै छलफल गरेको छ । कोइरालाले बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा छुट्टै छलफलका लागि नेताहरूलाई बोलाएका हुन् ।

कार्यसम्पादन समिति बैठकका लागि रणनीति तय गर्न कोइरालाले आफू पक्षीय पदाधिकारीसँग छलफल गरेका हुन् । कोइरालाले बोलाएको छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारी, मिनेन्द्र रिजाललगायत उपस्थित रहेको बताइएको छ ।

स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसीका साथै पछिल्लो राजनीतिक घटना क्रमबारे कोइरालाले आफ्नो समूहका नेताहरूसँग छलफल गरेका हुन् ।

कोइरालाले मंगलबार बेलुका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग समेत भेटेका थिए । भेटमा उनीहरूबीच एमसिसी, संसदको अवरोध र स्थानीय तह निर्वाचनका बारेमा छलफल भएको थियो ।





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १५:६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया