गृह र पर्यटनमन्त्रीबीच कोरोना प्रभावपछि पर्यटन क्षेत्रको अवस्थाबारे छलफल

गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेबीच कोभिड–१९ प्रभावपछि पर्यटन क्षेत्रको अहिलेको अवस्थाबारे छलफल भएको छ ।

गृह मन्त्रालयमा आज भएको छलफलमा दुई अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको अवस्था र समाधान गर्नुपर्ने विषयबारे कुराकानी भएको बताइएको छ । 

दुई मन्त्रीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे कुराकानी भएको मन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

उनका अनुसार गौतमबुद्ध विमानस्थलमा सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ गर्ने तयारी भइरहेको र त्यसपछि सञ्चालनमा ल्याउने तयारी सरकारको रहेको छ ।

छलफलमा पर्यटनमन्त्री आलेले कोभिड–१९ पछिको पर्यटनको अवस्था र अब गर्नुपर्ने पक्षबारे गृहमन्त्री खाँणलाई जानकारी गराएका थिए । पर्यटन क्षेत्र सुधारका लागि गृह मन्त्रालयले गर्नुपर्ने कामका बारेमा मन्त्री खाँणले बताए ।





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १९:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया