logo-img

रेस्लर ग्रेट खली भाजपा प्रवेश

‘द ग्रेट खली’ भनेर चिनिने दलीप सिंह राणा भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन्। 
 
एक दशक डब्लुडब्लुई अर्थात् वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टमा बिताएपछि खलीले भाजपा प्रवेश गरेका हुन् । उनले डब्लुडब्लुडब्लुईबाट भने सन्यास लिइसकेका छन् ।

भाजपामा प्रवेश गरेपछि खलीले भने, ‘भाजपामा सामेल हुन पाउँदा खुसी छु । मलाई लाग्छ कि प्रधानमन्त्री मोदीले देशको लागि गरेको कामले उहाँलाई सही प्रधानमन्त्री बनाउँछ । त्यसैले देशको विकासका लागि म पनि उहाँको शासनको हिस्सा किन नबन्‍नु भन्ने सोचेँ । भाजपाको राष्ट्रिय नीतिबाट प्रभावित भएर म पार्टीमा आबद्ध भएकाे हुँ ।’

खलीले कुस्ती सिकाउन जालन्धरमा एकेडेमी पनि खोलेका छन् ।



साढे सात फिट लम्बाई र दुई सय किलो तौल भएका ग्रेट खली रियालिटी साे बिग बोसमा पनि सहभागी भएका थिए ।

 





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १४:५६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया