‘ए’ डिभिजन लिगमा आजबाट दशौँ चरणका खेल, भिड्दै छन् यी चार टोली

शहीद स्मारक ‘ए’ डिभिजन लिगको दशौँ चरणको खेल आजबाट सुरु हुँदैछन् । दशौँ चरणको पहिलो दिन दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स र ब्रिगेड ब्वाइज क्लब प्रतिस्पर्धा गर्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । फ्रेन्ड्स र ब्रिगेड दुवै टोली जित निकाल्ने योजनासहित मैदान उत्रने छन् ।

पहिलो जितको खोजीमा रहेको फ्रेन्ड्स ९ खेलमा ३ अंक जोडेर लिगको पुछारमा छ । उसलाई रेलिगेसनको खतराबाट जोगिन बिग्रेडलाई हराउनैपर्ने दबाब छ ।

९ खेलबाट ६ अंक जोडेर १२ औं स्थानमा रहेको ब्रिगेडलाई पनि रेलिगेसनबाट बच्न यो खेलमा जित आवश्यक छ । साँझ पौने पाँच बजेबाट सुरु हुने दोस्रो  खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र  जावलाखेल युथ क्लब आमनेसामने हुनेछन् ।

आर्मी ९ खेलबाट १७ अंकका साथ तेस्रो स्थानमा रहेको छ । ऊ आफ्नो अपराजित यात्रालाई कायम राख्दै जावलाखेललाई हराएर दोस्रो स्थानमा उक्लने सोचमा छ । ९ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको जावलाखेल पनि आर्मीलाई हराउँदै अंक तालिका सुधार गर्ने प्रयासमा हुनेछ ।





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार ८:१९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया