प्रधानसेनापति शर्माले गरे कञ्चनपुरमा निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुर महेन्द्रनगरमा निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । 

शर्माले शुक्रबार बिहान सेनाको श्री नम्बर २५ बाहिनी नजिकै निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् ।

प्रधानसेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरण शर्मा, प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय लगायत होल्डिङ सेन्टरको निरीक्षणमा पुगेका थिए ।

फरक खालका सामानहरू प्रयोग गर्दा आर्थिक रूपमा प्रश्न उठ्न सक्ने बताउँदै शर्माले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्स्ट्रक्सनका प्रमुख गोकर्ण न्यौपानेले काम तोकिएको समयमै सम्पन्न हुने बताए ।

महेन्द्रनगर सालघारी क्षेत्रमा १ हजार बेड क्षमताका २० वटा ठूला बेडसहितका संरचना, ५० बेड क्षमताका दुई संरचना स्वास्थ्यकर्मीका लागि, २२ वटा शौचालय र १५ भान्सालगायतका संरचना निर्माण भइरहेका छन् । 



हाेल्डिङ सेन्टर निर्माणका लागि २९ करोड २५ लाखमा ठेक्का सम्झौता गरिएको छ ।



  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १२:१५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया