ए डिभिजन लिग: जावलाखेलसँग बराबरीमा राेकियाे आर्मी

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार भएकाे दोस्रो खेलमा विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबसँग बराबरी खेलेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुवै टाेलीले १-१ काे बराबरी खेलेका हुन् ।

सुरुवाती अग्रता जाेगाउन नसक्दा जावलाखेल अंक बाँड्न बाध्य बन्याे । खेलकाे ५३ औँ मिनेटमा ओन्गुना जुनियरले जावलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए ।

थप गरिएकाे समयमा आर्मीका समुन अर्यालले गाेल गरेपछि खेल १-१ काे बराबरीमा सकिएकाे हाे ।

याे नतिजसँगै आफ्नो अपराजित यात्रालाई कायम राखेकाे आर्मी १० खेलमा १८ अंकका साथ तेस्रो स्थानमा कायम रहँदा जावलाखेल ९ अंक जाेडेर ११ औँ स्थानमा छ ।





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १८:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया