नेपाललाई १९३ रनको लक्ष्य
फाइल फाेटाे

ओमानमा जारी चारदेशीय अन्तर्राष्ट्रिय टि-२० सिरिज अन्तर्गत जारी खेलमा युएईले नेपाल समक्ष १९३  रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।

युएईका लागि चिराग सुरीले अविजित ८४ रनको योगदान दिए । ५३ बलको सामना गरेका उनले  समान पाँच चौका र छक्का प्रहार गरे ।
   
रोहन मुस्ताफाले ४९ र मोहम्मद वासिमले २२ रन बनाउँदा मोहम्मद बोता १४ रनमा अविजित रहे । 

नेपालका लागि साहब आलम, कप्तान सन्दीप लामिछाने र आरिफ शेखले एक–एक विकेट हात पारे । 
 





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १३:१९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया