इन्टर मिलानमाथि लिभरपुलको सहज जित

युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल इटालीको इन्टर मिलानमाथि २-० ले विजयी भएको छ । गएराति इन्टरको घरेलु मैदान सान सिरो भएको खेलमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले एक/एक गोल गरे ।

खेलको ६५ औं मिनेटमा फिर्मिनोले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ८३ औं  मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २–० को सहज जित दिलाए ।

दोस्रो लेग लिभरपसलको मैदान एन्डफिल्डमा ८ मार्चमा हुनेछ । 





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार ७:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया