जापानले कामदार र विद्यार्थीका लागि सीमा नियम खुकुलो बनाउने
फाइल तस्वीर

जापानले मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा सीमा नियमलाई खुकुलो बनाउने बताएको छ । यद्यपि पर्यटकका लागि भने अझै पनि रोक लगाइने प्रधानमन्त्री फुमिओ किशिदाले बिहीबार बताए । 

यो कदम व्यापारिक समुदाय र शिक्षाविद्बाट जापानलाई सीमा प्रतिबन्ध खुकुलो पार्न बढ्दो दबाबपछि चालिएको हो । जी–७ राष्ट्रहरूले कोभिड नियन्त्रणका लागि प्रतिबन्धलाई तत्काल हटाइहाल्न नहुने बताइरहेका समय भएको निर्णयलाई जापानी नागरिकबाट व्यापक समर्थन मिल्ने देखिएको छ । 

जापानले यस महामारीको प्रारम्भिक दिनदेखि नै पर्यटकहरूलाई रोकेको छ । कतिपय अवस्थामा जापानमा बसोबास गर्दै आएका विदेशी बासिन्दाहरूलाई समेत देशभित्र प्रवेश गर्नबाट रोक लगाउँदै आइएको छ । 

गत नोभेम्बरमा, सरकारले केही विद्यार्थी तथा व्यापारीहरूलाई प्रवेश गर्न अनुमति दिनका लागि नियमहरूलाई सामान्य खुकुलो पारेको थियो । तर, कोरोना भाइरसको नयाँ विकसित ओमिक्रोन नामक भेरिएन्टका कारण तत्काल यस योजनालाई उल्ट्याएको थियो ।

विशेषज्ञहरूको भनाइअनुसार ओमिक्रोनका कारण संक्रमितहरूको सङ्ख्या उच्च बनेपछि जापानमा अहिले स्वास्थ्य संस्थाहरूमा बिरामीहरूको चाप बढेको छ । 

पर्यटनका लागि आउनेबाहेक नयाँ आगन्तुकलाई मार्च १ देखि प्रवेश अनुमति दिने किशिदाले बताए । अहिले तीन हजार ५०० देखि पाँच हजारसम्म दैनिक प्रवेशाज्ञा दिइने उनले बताए ।



आप्रवासनमामिला हेर्ने एक निकायका अधिकारीले एएफपीलाई बताएअनुसार जापानले जनवरी ४ सम्ममा आफ्नो मुलुकमा प्रवेश गर्न पर्खिरहेका चार लाखभन्दा बढी विदेशीहरूको प्रवेशाज्ञाका लागि अनुमति दिइसकेको छ ।



  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १८:२३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया