राैतहटमा ट्याक्टरले ठक्कर दिँदा एक जनाकाे मृत्यु
प्रतिकात्मक तस्वीर

रौतहटको दुर्गाभगवती गाउँपालिका-२ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई बिहीबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो । 

गम्भीर घाइते भएका मोटरसाइकल चालकको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । 

दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार ११:२१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया