सिपी गजुरेल भन्छन् - एमसिसी पास भए देश गृहयुद्धमा जानसक्छ

देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले एमसिसी पास भए देश गृहयुद्धमा जानसक्ने बताएका छन् ।

शुक्रबार एमसीसीको विपक्षमा रहेका विभिन्न पार्टी तथा भ्रातृ संगठनहरुले काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा बोल्दै अध्यक्ष गजुरेलले एमसिसी संसदबाट पास भए राष्ट्रिय युद्धको खतरा रहेको बताएका हुन् ।

उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर एमसिसी पास गराउने षडयन्त्रमा लागिरहेको आरोप लगाउँदै एमसिसी पास भएमा देशमा विकराल अवस्था सिर्जना हुने दाबी गरे । अध्यक्ष गजुरेलले कतिपयले एमसीसीलाई ५० करोड डलरमा मात्रै सीमित गरिरहेको भन्दै युद्धलाई पैसाले रोक्न नसकिने जिकिर गरे ।

उनले प्रधानसेनापतिले पूर्वमा गएर देश विदेशीको हातमा सुम्पिए नेपाली सेना चुप लागेर नबस्ने बताएको भन्दै नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुनसक्ने बताए  ।

'सारा जनता एउटा पक्षमा, शासक वर्गहरू त्यसको विरुद्धमा गए भने त्यसले एउटा गृहयुद्धको रूप लिन पनि सक्छ । नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुनसक्छ’ उनले भने ।

अध्यक्ष गजुरेलले अहिले देश गम्भीर मोडमा रहेको बताए । उनले अमेरिकी सरकारद्वारा प्रायोजित रुपमा दिएको एमसीसी पास गर्न अमेरिकाले दबाब दिइरहेको समेत आरोप लगाए । अध्यक्ष गजुरेलले देशलाई संकटबाट बचाउन नयाँ तरिकाबाट अघि बढ्न आवश्यक रहेको बताउँदै लाखौँ जनता, देशभक्त, क्रान्तिकारी एमसीसी सम्झौता खारेजीको पक्षमा रहेको दाबी गरे ।



त्यस्तै, उनले शासक वर्गहरुले कुनै पनि बेला राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न सक्ने शंका व्यक्त गर्न सक्ने भएकोले अझै सशक्त भएर आन्दोलन गर्न आह्वान गरे । अध्यक्ष गजुरेलले एमसिसी पारित भए अमेरिकी सेनालाई, अमेरिकी सरकारलाई नेपालबाट लखेट्न गाह्रो हुने बताए ।



  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १७:२८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया