टी–२० विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
फरकधार / ९ फागुन, २०७८

आइसिसी पुरुष टि–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ ।



नेपालले क्यानडामाथि ८ विकेटको सनदार जित हात पारेको हो । ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि अविजित रहेका कुशल भुर्तेलले  ३४ तथा दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए ।​ ३७बलको सामना गरेका भुर्तेलले ३ चौका तथा दीपेन्द्रले ३१ बलमा ३ चौका नै प्रहार गरे ।
कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि अविजित ४८ रनको साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए । आसिफ शेखले १७ रन बनाउँदा कुशल मल्ल शून्य रनमा पेभिलियन फर्किए ।



क्यानडाका लागि कलिम सना र सलमान नजारले एक–एक विकेट हात पारे । यसअघि ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो ।



क्यानडाका लागि डिलन हेलिगरले अविजित २४ रनको योगदान दिए । कप्तान नवनित धलिवालले १८, रायन पठानले १४ तथा सलमान नजारले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले तीन, कमलसिंह ऐरी र अभिनाश बोहराले दुई–दुई तथा कुशल मल्लले एक विकेट हात पार्दा दुई विकेट रन आउटको रूपमा प्राप्त भयो ।

यो जितसँगै तीन खेलमा शतप्रतिशित जित निकालेको नेपाल ६ अंकका साथ समूह बीको विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । पराजित क्यानडा भने समूह चरणबाटै बाहिरियो ।

नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता युएईको सामना गर्नेछ ।

समूह बी को उपविजेताका रूपमा सेमिफाइनल पुगेको ओमानले समूह ए को विजेता आयरल्यान्डसँग खेल्नेछ ।

  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १८:२५:३०,   अन्तिम अपडेट : फागुन ९, २०७८ साेमबार २२:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया