सुदूरपश्चिम पुगेर माधव नेपालको घोषणा– गठबन्धनमा हामी बस्दैनौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धन टुट्ने निश्चित भएको घोषणा गरेका छन् । उनले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका हुन् । 

बिहीबार धनगढी पुगेका नेपालले अमेरिकी सहयोग परियोजना अनुमोदन गर्ने निश्चित भएकाले सरकारमा आफ्नो उपस्थिति नहुने बताएका छन् । ‘एमसिसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको छ,’ उनले भनेका छन्, ‘यस्तो समस्यामा यो गठबन्धन रहन सक्दैन ।’

उनले एमसिसी नेपालको हितमा नभएको पनि दाबी गरेका छन् ।

यसअघि नै नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन तयार भएर बस्न निर्देशन दिइसकेको छ । एमसिसी पारित गर्नु राष्ट्रघाती कदम हुनसक्ने भन्दै नेकपा एसले यस्तो निर्देशन दिएको हो । 

नेकपा एकीकृत समाजवादीसँगै शुक्रबार भित्रै नेकपा माओवादी केन्द्रले पनि सरकार छाड्ने तयारी गरेको छ । यहीबीच एमसिसी अनुमोदन गर्नु पर्ने अडान लिएको नेपाली कांग्रेसले सत्ता सहकार्यमा नेकपा एमालेसँग अगाडि बढ्न सकिने संकेत देखाएको छ । 

यसको निर्णायक बैठक आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हुने बताइएको छ ।





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १८:५२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया