राष्ट्रिय राजनीतिमा आजै परिवर्तनको सम्भावना : शेरबहादुर तामाङ

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुबीचको वार्ता जारी छ ।

सोही सन्दर्भमा एमाले नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले आजै केही परिवर्तनको सम्भावना रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन,‘राष्ट्रिय राजनीतिमा आजै केही परिवर्तनको सम्भावना ।’

बालुवाटारमा भएको यो वार्तालाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् । यसअघि आजै दिउँसो पनि यी दुई दलका नेताहरुबीच संसद भवनमा वार्ता भएको थियो । एमसिसी संसदमा टेबल भएसँगै पास गर्ने दौडधुपमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । एमसिसी पास गराउन एमाले सर्तसहित निर्णायक वार्ताका लागि बालुवाटार पुगेको हो ।

यसैबीच लामो समयको संवादहीनतालाई तोड्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि ओलीलाई भेटेका थिए । 

प्रधानमन्त्री देउवाले यसअघि बालुवाटारमै जसपा अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरेका थिए । भट्टराई पनि एमसिसी पारित गराउने पक्षमा नै छन् । एमाले अध्यक्ष ओली र देउवाबीच सत्ता सहकार्यबारे छलफल चलेको बताइएको छ । 





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार २०:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया