आजको विदेशी मुद्राको विनिमय दर यस्ताे

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ७५ पैसा र बिक्री दर १२१ रुपैयाँ ३५ पैसा कायम गरेको छ । 

युरोपियन युरो एकको खरिद दर १३५ रुपैयाँ १६ पैसा र बिक्री दर १३५ रुपैयाँ ८३ पैसा छ । यूके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६२ रुपैयाँ सात पैसा र बिक्री दर १६२ रुपैयाँ ८८ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६  रुपैयाँ ६३ पैसा र बिक्री दर ८७ रुपैयाँ  छ पैसा  छ ।  क्यानडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६२ पैसा छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५८ पैसा  छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ २० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल  एकको खरिद दर दर ३२ रुपैँया १८  पैसा र बिक्री दर ३२ रुपैयाँ ३४ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ सात पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ तीन पैसा र बिक्री दर १० रुपैयाँ आठ  पैसा कायम भएको छ ।



 



  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १०:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया