logo-img

गठबन्धन नि रहन्छ, एमसिसी नि पास हुन्छ : माओवादी नेता बिडारी

नेकपा (माओवादी केन्द्र)का नेता रामनारायण बिडारीले वर्तमान गठबन्धन पनि कायम हुने र एमसिसी पनि पारित हुने दाबी गरेका छन् । आज (शनिबार) राजधानीम एक कार्यक्रममा बोल्दै नेता बिडारीले एमसीसी परिमार्जनसहित संसदबाट अनुमोदन हुने बताएका हुन् । 

‘एमसिसी संशोधनसहित पारित गर्नुपर्छ । भविष्यमा अमेरिकाले बनाउने र लिने नीति मान्छु भन्ने कुरा राख्नुहुँदैन,’ उनले भने, ‘यसमा व्याख्यात्मक टिप्पणी हुनुपर्छ । यो व्याख्या नेपाली संसदले गर्नुपर्छ ।’ 

उनले आफ्नो पार्टीले यथास्थितिमा एमसिसीको पक्षमा मतदान नगर्ने स्पष्ट पारेका छन् । उनले भने, ‘अहिलेको अवस्थामा हाम्रो पार्टीले यसको पक्षमा मत हाल्दैन । अमेरिकी अनुदान लिने हो, तर नेपाललाई हित हुनेगरी लिने ।’



उनले प्रधानमन्त्री शेरबहादुर देउवा पनि गठबन्धन जोगाउने पक्षमा रहेको दाबी गर्दै उनले भने,‘उहाँको प्रस्ट धारणा छ, यो गठबन्धन टुट्दैन ।’





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १७:८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया