सुर्खेतमा बन्दकर्ताले जलाए एमाले, कांग्रेस र माओवादीको कार्यालय

सुर्खेतमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टी कार्यलयमा आगजनी गरिएको छ । सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको हो । 

एमसिसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्दका क्रममा सुर्खेतमा आगजनी र तोडफोड भएको जनाइएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् ।

त्यस्तै, उनीहरुले नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । 

प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ–ठाउँमा झडप समेत भएको छ । प्रहरीले केही बन्दाकर्तालाई पक्राउ गरेको छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार २०:३८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया