सुर्खेतमा कर्फ्यू हट्यो, केही क्षेत्रमा भेला हुन निषेध
फाइल तस्वीर

सुर्खेतमा सोमबारदेखि लगाइएको कर्फ्युको आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुचना जारी गरि कर्फ्युको आदेश हटाएको हो । 

सोमबार दिउँसोदेखी प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै सार्वजनिक सम्पत्ति र पार्टी कार्यालयमा आगजनी गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको थियो ।

दिनभरीको अवस्था हेर्दा कुनै अप्रिय घटना नभएको देखिएपछि सोमबार राति सवा ८ बजेबाट जारी कर्फ्यू ७ बजेबाट हटाइने जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

‘कर्फ्यू अवधिमा कुनै प्रदर्शन नभएपछि नागरिकको सहजताका लागि कर्फ्यूको आदेश हटाउने निर्णय गरिएको छ' उनले भने ।

प्रशासनले निषेधाज्ञा केही क्षेत्रमा भने निषेधाज्ञा तोकेको छ । निषेधाज्ञा तोकेका क्षेत्रमा एरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र रहेको छ । यी क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन नदिने गरी आज साँझ ७ बजेबाट निधेषाज्ञा लागु हुने प्रमुख जिल्ला अधिकारी रिजालले फरकधारलाई जानकारी दिए । 

उनकाअनुसार अर्को आदेश नहुञ्जेसम्म तीन क्षेत्रमा निषेधाज्ञा जारी रहने छ । तर यी क्षेत्रमा शान्ति सुरक्षाको स्थिति खलबलिन नदिई स्थिति सामान्य बनाइ राख्न कुनै सभा, जुलुस र प्रदर्शन गर्नमा निषेध गरिएको छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १९:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया