युक्रेनमाथि रुसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

युक्रेनमाथि जारी रुसी आक्रणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग कुराकानी गरेका छन् । यी दुईबीच मंगलबार टेलिफोनमा कुराकानी भएको हो । 

अमेरिकी विदेशमन्त्री एन्टोनीले ट्विटरमा यसबारे लेखेका छन् । उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग राम्रो टेलिफोन संवाद भएको उल्लेख गरेका छन् । 

नेपाली संसदले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गरेपछि अमेरिकी उच्चपदस्थ अधिकारीसँग प्रधानमन्त्री देउवाको टेलिफोन सम्पर्क भएको यो पहिलो पटक हो । गत आइतबार नेपालको प्रतिनिधि सभामा बहुमतले एमसिसी पारित भएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनीले ट्विटरमा लेखेका छन्, ‘रुसले युक्रेनमाथि गरेको आक्रमण, युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति हाम्रो समर्थनबारे प्रधानमन्त्री देउवासँग राम्रो कुराकानी भयो । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतिको सामना गर्न थप मिलेर काम गर्नेछौँ ।’

नेपालले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा युक्रेनको पक्षमा भोट हालेको छ । यसअघि नेपालले युक्रेनमाथि रुसी आक्रमण रोक्न अनुरोध गर्दै एक विज्ञप्तिसमेत निकालेको थियो ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ७:६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया