पल शाह प्रकरणबारे बोले दीपकराज, भने - उनको आजको नियतिमा आफूलाई पनि दोषी देखिरहेको छु

अभिनेता दीपकराज गिरीले पीडित गायिकाप्रति सहानुभूति प्रकट गर्दै आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

उनले आफ्नो चलचित्र छक्का पन्जामा अभिनय गराउँदा ताकाको अवस्था स्मरण गर्दै लामो स्ट्याटस लेखेर यो क्षेत्रमा ल्याएकोमा गर्व महसूस भएको उल्लेख गरेका छन् । तर, उनले ती गायिका पीडित हुनुमा कला क्षेत्रमा रहेका आफूहरू सबै दोषी हुनसक्ने संकेत गरेका छन् ।

'एउटा सामान्य बालिकालाई प्रोफेसनल कलाकारजस्तै बनाएर रातारात चर्चित बनाउने हामी सबैलाई एकमुष्ट बधाई र धन्यबाद छ !' उनले लेखेका छन्, 'तर, मिडियामा आए झैँ ब्वाय फ्रेन्डहरू राख्ने, सम्बन्ध बनाउने, षड्यन्त्र नै गर्ने, नाबालिग भएर पनि यस्तो गर्ने, त्यतो गर्ने, यो चाहिँ उनले गाउँबाटै सिकेर आएकी थिइन् कि कसो ? यस्को जिम्मा चाहिँ हामीले लिने कि नलिने ?'

 अभिनेता गिरिले पीडित गायिकाले आज जे भोगिरहेकि छिन् त्यसमा पनि कला क्षेत्र, यस क्षेत्रका व्यक्तिको संगत र यसको वातावरणको दोष छ कि छैन भन्दै प्रश्न गरेका छन् । उनले आफूले को दोषी, को निर्दोष भनेर फैसला गर्न काम आफ्नो नभएको उल्लेख गर्दै उनले पीडितलाई थप पीडा दिने अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।

उनले पीडित गायिकाले भोगिरहेको नियतिमा आफू पनि दोषी रहेको देखिरहेको बताएका छन् । 'उनले भोगिरहेको आजको नियतिमा आफूलाई पनि दोषी देखिरहेको छु' उनले भनेका छन् ।





  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १८:३२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया