logo-img

प्रेस चौतारीको महाधिवेशन आजदेखि, अध्यक्षमा चार जना आकांक्षी

नेकपा एमालेनिकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा महाविधेसनको उद्घाटन गर्ने कार्यक्रम छ । 

महाधिवेसनमा भाग लिन देशभरका प्रतिनिधि पोखरा आइसकेका छन् भने केही आउने क्रम जारी रहेको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताए ।

महाधिवेशनको सबै तयारी पूरा भइसकेको उनले बताए । प्रेस चौतारी नेपालको आयोजना र कास्की जिल्लाको आतिथ्यतामा महाधिवेशन पोखरामा हुन लागेको हो । महाधिवेशनमा १ हजार ५० जना प्रतिनिधि, सल्लाहकार पोखरा आउने आवास व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले बताए ।



‘होटल व्यवस्थापन भइसक्यो । ५५ वटा होटलका ५ सय ५० रुम खोजेका छौं,’ उनले भने, ‘अधिकांश प्रतिनिधि आइसक्नु भएको छ । केही आउँदै हुनुहुन्छ । पोखराले न्यानो आतिथ्यता गरेर फर्काउने छ ।’

यो महाधिवेशनलाई अविस्मरणीय बनाउने गरी तयारीमा जुटेको श्रेष्ठले बताए । यो महाधिवेशनले संशोधित विधान पास गर्नेछ भने नयाँ नेतृत्व चयन गरेर सकिनेछ  । अध्यक्षका लागि ४ जनाको नाम चर्चामा छ । हालका अध्यक्ष गणेश बस्नेत फेरि दोहोरिने तयारीमा छन् । महाधिवेशनको संयोजक तथा प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, उपाध्यक्षद्वय माधव नेपाल र टीका विष्टको पनि दाबी छ । 

चौतारीमा अध्यक्ष सहित ३ उपाध्यक्ष, महासचिव १, उपमहासचिव २ र सचिव १० जना सहित केन्द्रिय समिति १ सय ४९ सदस्यीय रहने प्रस्ताव छ । तर अझै ९९ सदस्यीय बनाउन छलफल चलिरहेको छ । अहिले भने ४ सयको हाराहारीमा केन्द्रीय कमिटी छ ।



नयाँ विधान बन्दसत्रमा प्रस्तुत हुन्छ । देशभरकै जिल्लाहरू, सात भूगोल तथा उपत्यका, एसोसिएट र प्रतिष्ठानका ३ गरी १० वटा प्रदेशमा सहमतिमै नेतृत्व चयन गरिसकिएको छ । यसअघि माघ तेश्रो साता हुने भनिएको महाधिवेसन कोभिडको ओमिक्रोन भेरियन्टका कारण एक महिनापछि धकेलिएको हो । महाधिवेसनका लागि मूल व्यवस्थापन समितिअन्तर्गत कास्कीमा १९ वटा उपसमिति गठन भएको छ । 



  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार ९:१८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया