रुकुमपूर्वमा जंगलमा फेला परे एक दर्जन बढी सकेट बम
फाइल तस्बिर

रुकुम पूर्वको सिस्ने गाउँपालिकाको एक जंगलमा सकेट बम फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर २ को  बुर्किसल्लाको जंगलमा सकेट बम फेला परेका हुन् । 

वडाध्यक्ष जीवन केसीका अनुसार बिहीबार दिउँसो ओडारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई सूचना दिएका थिए ।

पछि प्रहरीले निरीक्षण गर्दा कालो प्लाष्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तो देखिने वस्तु फेला परेको हो ।

बुर्किसल्ला माओवादीको प्रभाव पर्ने क्षेत्र हो । बम वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगिसकेको छ । 





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार ९:४५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया