धनी र गरिबबीचमा हुने विभेदकाे अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् ।

शुक्रबार २४ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले यस्ताे बताएका हुन्।

धनीका छोराछोरीहरूले शिक्षा र स्वास्थ्यमा प्रशस्त अवसर पाएको भए पनि गरिबहरूले यस्तो अवस्थाबाट वञ्चित हुनुपरेको उनकाे भनाइ छ ।

सबैले बिना भेदभाव सर्वसुलभ रूपमा स्वास्थ्योपचार र शिक्षा पाउनुपर्नेमा उनले जाेड दिए ।

उपराष्ट्रपति पुनले  भने, ‘ धनी गरिब कुनैले पनि रोगकाे उपचार पाउने, कसैले उपचार नपाउनेजस्ता समस्याको अन्त्य हुनुपर्छ । विभेदको अन्त्य हुनुपर्दछ र उपचारजस्तो कुरामा सबैको हक समान हुनुपर्छ । यद्यपि हामीले संविधानमा व्यवस्था गरेपनि प्राक्टिसमा लागू गर्न सकिरहेको छैन । खासगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा अथाह पैसा खर्च भएको छ । धनी र गरिबबीचमा अथाह विभेद छ । व्याप्त विभेदहरूको अन्त्य हुनुपर्छ भन्ने तपाईं हाम्रो सबैको आवाज हो ।’

उनले कुष्ठरोग प्रभावित सबै व्यक्तिहरूप्रति समान भाव व्यक्त गर्न र सहयोग गर्न पनि आग्रह गरे । 



कुष्ठरोगको निर्मुल र प्रभावकारी उपचारका लागि उनले नेपाल सरकारको ध्यानाकर्षण पनि गराए ।



  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १७:५९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया