इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा लिभरपुल विजयी भएकाे छ ।
लिभरपुलले घरेलु टाेली ब्राइटनमाथि २-० काे सहज जित हात पारेकाे हाे ।
फालमेर स्टेडियममा लिभरपुललाई जित दिलाउन लुईस डियाज र माेहम्मद सलाहले १-१ गाेल गरे ।
खेलकाे १९ औं मिनेटमा डियाजले पाहुना टाेलीलाई अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा सलाहले पेनाल्टीमार्फत गाेल गर्दै लिभरपुलकाे अग्रता दाेब्बर बनाए ।
त्यसपछि थप गाेल निस्कन नसक्दा लिभरपुलले २-० काे सहज जित निकाल्याे ।
जितसँगै २८ खेलमा ६६ अंक जाेडेकाे लिभरपुल दोस्रो तथा पराजित ब्राइटन समान खेलबाट ३३ अंकका साथ १३ औं स्थानमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।