साउदी अरबले एकैदिन ८१ जनालाई दियो मृत्युदण्ड

साउदी अरबले एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ । बीबीसीका अनुसार उक्त संख्या साउदी अरबमा वर्ष मृत्युदण्ड दिइएका मानिसको कुल संख्याभन्दा बढी हो ।

मृत्युदण्ड पाउनेमा ३७ साउदी, सात यमनी र एक सिरियाली नागरिक रहेका छन् । उनीहरूलाई आतङ्कवादसहित विभिन्न जघन्य अपराधमा दोषी ठहर गरिएको सरकारी समाचार संस्था एसपीएले जनाएको छ ।

उनीहरूमध्ये केहीलाई इस्लामिक स्टेट समूह (आईएस), अल कायदा वा यमनका हुथी विद्रोही समूहमा संलग्न रहेको आरोप लगाइएको थियो । मानव अधिकारवादी सङ्गठनहरूले साउदी अरबमा निष्पक्ष सुनुवाइ नहुने गरेको दाबी गर्ने गरेका छन् ।

यद्यपि साउदी सरकारले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ । एसपीएका अनुसार अहिले मृत्युदण्ड दिइएका प्रतिवादीहरूको मुद्दा १३ जना न्यायाधीशले हेरेका थिए। मुद्दा तीन चरणको न्यायिक प्रक्रियाबाट अघि बढेको थियो ।

उनीहरूलाई अर्थतन्त्रसम्बन्धी महत्त्वपूर्ण संयन्त्रमा आक्रमण गर्न निसाना बनाएको, सुरक्षा निकायका सदस्यहरूलाई मारेको वा तारो बनाएको, अपहरण गरेको, यातना दिएको, बलात्कार गरेको र तस्करी गरेर देशभित्र अस्त्र ल्याएको जस्ता अभियोग लगाइएको थियो ।

मृत्युदण्ड दिइने उच्च दर भएका देशहरूको सूचीमा साउदी अरब शीर्षस्थ पाँचौं स्थानमा छ । प्राप्त तथ्यांकका आधारमा एमनेस्टी इन्टरनेसनलले बनाएको सूचीमा चीन, इरान, इजिप्ट र इराकपछि साउदी अरबमा उच्च दरमा मृत्युदण्ड दिइने गरेको देखिन्छ ।



गत वर्ष साउदी अरबमा ६९ जनालाई मृत्युदण्ड दिइएको थियो । 



  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १३:३५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया