अघिल्लो सरकारले आवश्यक संरचना बनाएको भए झ्यालैपिच्छे बोर्ड राख्न पर्दैनथ्यो : मुख्यमन्त्री पाण्डे
फरकधार / २९ फागुन, २०७८

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अघिल्लो सरकारले भौतिक संरचना निर्माणमा ध्यान नदिँदा आफूहरूले समस्या झेलेको बताएका छन् ।



आइतबार बागमती प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री पाण्डेले निवर्तमान मुख्यमन्त्री पौडेलले सबै मन्त्रालयलाई पुग्ने गरी भवन नबनाएकाले आफूहरूले समस्या झेलेको बताएका हुन् ।  

सरकारलाई आवश्यक पर्ने संरचना बनाएको भए अहिले एउटै घरको झ्यालैपिच्छे साइनबोर्ड राख्न नपर्ने उनले बताए ।



'माननीय डोरमणि पौडेलको सरकारले झण्डै साँढे तीन वर्ष शासन गर्दा धेरै वटा मन्त्रालयको भवन बनाइदिएको भए अहिले यो सास्ती खेप्नु पर्ने थिएन' उनले भने 'विगतका संरचनामा नै हामी बसिरहेका छौँ ।'



प्रदेशको मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन मन्त्रीहरूको क्वार्टर लगायतका संरचना निर्माणका लागि आफूहरूले जमिन खोजिरहेको उनको भनाइ छ । संरचना बनाउन संघ सरकारसँग जमिनका लागि अनुरोध गरेको समेत मुख्यमन्त्री पाण्डेले बताए ।

  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १५:१८:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया