थप ६५ जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घन्टामा थप ६५ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ।

देशभरका विभिन्न प्रयाेगशालामा ७ हजार ९४७ जनाकाे नमुना परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएकाे हाे । 

पछिल्लाे २४ घन्टामा संक्रमण काेराेनाबाट कसैकाे पनि मृत्यु भएकाे छैन ।

यही अवधिमा १९२ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९१७ जना सक्रिय संक्रमित रहेका छन् । 

यसैगरी, काठमाडौं उपत्यकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २४ तथा ललितपुरमा ३ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा संक्रमितकाे संख्या शून्य रहेकाे छ ।





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १७:५३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया